थाहामा कोरोना परीक्षण धमाधम

बाइलाइन नेपाल
१६ जेष्ठ २०७८, आईतवार ०७:२१

थाहा । थाहा नगरपालिका वडा नम्बर– ३ मा कोरोना संक्रमितको पहिचानका लागि एन्टिजेन परीक्षण गरिने भएको छ । सोमबार (भोलि १७ गते) बिहान ७ बजे डाडागाउँमा, ११ बजे दम्कीमा र दिउँसो ३ बजे बिकासघर शिखरकोटमा परीक्षण गरिने वडा अध्यक्ष राजेश केसीले जानकारी दिए ।

स्वास्थ्यमा समस्या भएका र संक्रमितको परिवारका सदस्यहरुले उक्त स्थानहरुमा आई आफ्नो स्वास्थ्य परिक्षण गर्नुहुन समेत अध्यक्ष केसीले आग्रह गरे ।

संक्रमितको पहिचान गरि समुदायलाई सुरक्षित राख्न र संक्रमितको उचित उपचारका लागि परिक्षण आवश्यक भएको वडा सदस्य भरत लामाले बताए ।
थाहा नगरमा पछिल्लो समय कोरोना संक्रमित बढ्दै जान थालेपछि परीक्षणको दायर बढाइएको छ भने निषेधाज्ञालाई कढाइ गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*