थाहामा प्रतिबन्ध लगाइएको व्यवसाय खोले यस्तो हुनेछ जरिवाना र कारबाही

सुरेन्द्रमान प्रधान
१५ जेष्ठ २०७८, शनिबार १८:०६

थाहानगर/ थाहानगरमा कोरोना संक्रमण दर बढेपछि कडाइ गरिएको निषेधाज्ञा आइतबारदेखि अलि खुकुलो हुने भएको छ । तर, तोकिए बाहेकका व्यवसाय खुले १ लाखदेखि ५ लाख रुपियाँसम्म जरिवाना र ६ महिनासम्म व्यवसाय बन्द गर्ने निर्णय गरेको छ ।

शनिबार बसेको नगरस्तरीय कोभिड रोकथाम तथा नियन्त्रण निर्देशन समितिको बैठकले जेठ ११ गते जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी गरेको आदेशलाई नै कडाइका साथ पालना गराउने निर्णय गरेको छ ।

आदेशमा तोकिएका व्यवसाय र तोकिएको समय बाहेक अन्य व्यवसाय र अन्य समयमा खुलेको पाइएमा व्यक्तिको हकमा १ लाख रुपियाँ र संस्थागत हकमा ५ लाख रुपियाँसम्म जरिवाना गर्ने उल्लेख छ । कोभिड-१९ व्यवस्थापन अध्यादेश, २०७८ अनुसार त्यसरी खुलेका पसलहरु ६ महिनासम्म बन्द गर्न सकिने व्यवस्था उल्लेख छ ।

मास्क नलगाई सार्वजनिक स्थानमा आवतजावत गरेमा पटकै पिच्छे सय रुपियाँ, मानिसको आवतजावत रोक लगाइएको स्थानमा बिना मास्क आवतजावत गरेमा पटक्कै पिच्छे २ सय रुपियाँ जरिवाना गर्ने उल्लेख छ । अध्यादेशमा अनुमतिबिना वा सुरक्षाकर्मीको स्वीकृति बिना संचालन गरेमा दुई पाङ्ग्रे सवारीलाई २ हजार रुपियाँ र अन्य सवारीलाई ५ हजार रुपियाँ जरिवाना गर्ने र निश्चित समयका लागि सवारीसाधन नियन्त्रणमा लिने उल्लेख छ ।

आदेश कार्यान्वयनका लागि आइतबारदेखि नै प्रहरीले कडाइ गर्ने भएको छ । यो निषेधाज्ञा आगामी जेठ २० गते राती १२ बजेसम्म लागू हुनेछ ।
खुल्न पाउने व्यवसाय तथा चल्न पाउने सवारीसाधन
– औषधि पसल, ग्यास डिपो, पेट्रोल पम्प, बीउबिजन, रासायनिक मल व्यवसाय नियमित खोल्ने
– अत्यावश्यक व्यवसायहरु: खाद्यान्न, पानी, दूध, माछा, मासु, अण्डा, फलफूल तथा तरकारी पसल विहान ५ बजेदेखि ८ बजेसम्म खुल्ने अन्य सबै प्रकारका व्यवसायहरु पूर्ण रुपमा बन्द रहने
– बैंकहरु: हप्ताको २ दिन मङ्गलबार र शुक्रबार (एक तिहाइ कर्मचारीको व्यवस्था गरि स्वास्थ्य सुरक्षाको पूर्ण रुपमा पालना गर्ने, अन्य सहकारी, वित्तीय संस्था, इन्स्योरेन्सलगायतका सबै बन्द हुने ।
– एम्बुलेन्स, बिरामी बोकेका गाडी, खाद्य वस्तु बोकेका गाडी, तरकारी, दूध, पानी, एट्रोलियम ट्याङ्कर, स्वास्थ्य सामग्री, शव बहान, फोहोर व्यवस्थापन, दाना गाडी, कृषि मल, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, दूरसञ्चार, विद्युत, इन्टरनेट, सुरक्षा निकायमा सवारी साधन बाहेक अटो रिक्सा, मोटरसाइकललगागत सबै सवारीसाधन निषेध ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*