थाहाका युवाहरु लियो जिल्लामा मनोनित

बाइलाइन नेपाल
१५ जेष्ठ २०७८, शनिबार १६:२०

थाहानगर/सामाजिक अभियानमा अग्रणी अन्तरास्ट्रिय संस्था लियो जिल्ला परिषद ३२५ बि १ नेपालको बर्ष २०२१/२२ को कार्यकालका निम्ति थाहा नगरका लियो अनित बिष्ट जिल्ला निर्देशकमा मनोनित भएका छन् ।

एक व्यक्ति , एक बर्ष, एक पद सिद्धान्तअन्तर्गत नेतृत्व हस्तान्तरण हुँदै जाने लियोको २०२१/०२२ को आगमी कार्यकाल जुलाई १ तारिखबाट सुरु हुँदैछ । आगामी कार्यकालका लागि निर्वाचित जिल्ला अध्यक्ष लियो प्रकाश थापा क्षेत्रीले शनिबार एक भर्चुअल कार्यक्रममार्फत बोर्ड घोषणा गर्दै बिष्टलाई निर्देशकमा मनोनित गरिएको हो ।

थाहा नगरमा बिगत ५ बर्षदेखि सकृय युवाहरू लियोको माध्यमबाट समाजिक कार्यमा सकृय छन् । बिष्ट मकवानपुर उत्तरी क्षेत्रको एक मात्र लायन्स क्लब लायन्स क्लब अफ थाहा पिसको मातृत्व रहेको लियो क्लब अफ पिस थाहानगरका संस्थापक अध्यक्ष समेत हुन् । उनी हाल लियो जिल्ला परिषद ३२५ बि १ नेपालमा लियो ब्राण्डिङ डिपार्टमेन्ट चियरपर्सनको पदमा रहेका छन् । बिष्ट लामो समयदेखि लायन्स, लियो, जेसीजलगायत विभिन्न सामाजिक संघसंस्थामा आबद्द छन्।

यसैगरी, थाहा नगरपालिकाका सक्रिय युवा अनन्त ढकाल लियो जिल्ला परिषदको सहसचिब पदमा मनोनित भएका छन् । उनलाई लियो जिल्ला परिषद ३२५ बी १ नेपालको लायन वर्ष २०२१/०२२ को लागि उक्त पदमा मनोनित गरिएको हो । जिल्ला परिषदका अध्यक्ष प्रकाश थापा क्षेत्रीले उनलाई सहसचिबमा मनोनित गरेको ढकालले बताए । उनले वर्ष २०२०/०२१ मा रिजन -७ मा को अर्डिनेटर भई काम गरेका थिए । यसअघि उनी लियो क्लब अफ पिस थाहाका अध्यक्ष थिए ।

यसै गरि, थाहा कै अर्का युवा सफल प्रधान पनि जिल्ला आइटी विभागको सचिवमा मनोनित भएका छन् । प्रधान लियो क्लव थाहा पिसका वर्तमान अध्यक्ष हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*