हेटौंडा अस्पतालमा दुईजना कोरोना संक्रमित मृत्यु

बाइलाइन नेपाल
१५ जेष्ठ २०७८, शनिबार ०८:२२

हेटौंडा । हेटौंडा अस्पतालमा उपचारको क्रममा दुइजना कोरोना संक्रमितको मृत्यु भएको छ । उपचारको क्रममा गएराति दुईजनाको मृत्यु भएको हेटौंडा अस्पतालका कोभिड फोकलपर्सन डाक्टर सागर काफ्लेले बताए ।

उपचारका क्रममा हेटौंडा–१ चौकीटोल निवासी ७६ बर्षिय पुरुषको मृत्यु भएको छ । त्यसैगरी रौतहट चन्द्रनिहापुर नगरपालिका वडा नम्बर ४ का ५३ वर्षिय पुरुषको मृत्यु भएको उनले जानकारी दिए । दुबैजनाको अस्पतालको आइसीयु र एचडीयुमा उपचार भइरहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*