बासस्थान जोखिम हुनेलाई वडाले सहयोग गर्ने

सुरेन्द्रमान प्रधान
१४ जेष्ठ २०७८, शुक्रबार ११:२३
फाइल तस्वीर

थाहानगर/ मौसमविदहरुले जेठ १५ गतेसम्म प्राकृतिक प्रकोपको जोखिम रहेकोले उच्च सतर्कता अपनाउन सूचित गरिरहदा थाहा नगरका वडाध्यक्षले बासस्थानको समस्या हुने वडाबासीलाई सम्पर्कमा आउन आग्रह गरेका छन् ।

वडा नम्बर १ का वडाध्यक्ष हेरमान गोपालीले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत त्यस्तो आग्रह गरेका हुन् । अध्यक्ष गोपालीले बासस्थान जोखिममा छभने जोखिम मोलेर नबस्न आग्रह गर्दै तुरुन्त आफुलाई वा वडा सदस्यहरुलाई खबर गर्न आग्रह गरेका छन् । त्यसरी जोखिममा रहेकाहरुलाई उचित बसोबासको व्यवस्था गरिने समेत उनले बताएका छन् ।

उनले लेखेका छन् “मौसमबिधहरुको पुर्ब अनुमान अनुसार अहिले भारी बर्षा भइरहेको र यस्ले बिपद निम्त्याउन सक्ने र मानबिय क्षति समेत हुन सक्ने भयकोले कसैको बाँस स्थान जोखिममा छ भने कृपया जोखिम मोलेर नबस्नुहोला तुरुन्तै मलाई अथवा आफ्ना वडा सदस्यहरुलाई खबर गर्नुहोला हामी तपाईहरुको लागि उचित ब्यबस्था गर्न तयार छौं ।”

जिल्ला प्रशासन कार्यालय मकवानपुरले राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको भनाइ उदृत गर्दै संभावित प्राकृतिक प्रकोपको जोखिमबाट उच्च सतर्कता अपनाउन जिल्ला बासीमा अनुरोध गर्दै बिहीबार सूचना जारी गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*