जेठ १२ देखि १५ गतेसम्म थाहानगरमा पूर्ण निषेध

सुरेन्द्रमान प्रधान
९ जेष्ठ २०७८, आईतवार १६:५२

थाहानगर/ थाहानगरमा कोरोना संक्रमण दर डर लाग्ने गरी उकालो लागेपछि जेठ १२ गते विहानदेखि १५ गते राती १२ बजेसम्म पूर्ण रुपमा निषेधाज्ञा गर्ने भएको छ ।

आइतबार नगरस्तरीय कोभिड रोकथाम तथा नियन्त्रण निर्देशन समितिको बैठकले नगरमा कोरोना संक्रमण नियन्त्रण बाहिर जान खोजेपछि निषेधाज्ञालाई कडाइ गर्ने निर्णय गरेको हो । लक्षण भएकाहरु र संक्रमितको कन्ट्राक्ट ट्रेसिङको आधारमा परिक्षणको दायरा बढाउदै लाने समेत निर्णय गरेको छ ।

निषेधाज्ञा अवधिभर औषधि पसल, कृषि उत्पादन बाहेक सबै व्यवसाय बन्द रहने छन् । हाल हरेक दिन विहान ५ बजेदेखि ८ बजेसम्म अत्यावश्यक वस्तु (खाद्यान्न, तरकारी, दूध, माछा मासु) पसल खुल्ला गर्न छुट थियो । तर, अब जेठ १२ गते बुधबारदेखि यी सबै पसलहरु पूर्णरुपले बन्द हुनेछन् । कोहि कसैलाई दैनिकी चलाउन समस्या भएमा वडाध्यक्ष, थाहानगर उद्योग वाणिज्य संघलगायतमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

कृषि उत्पादनका लागि कृषक पनि घरबाट खेतबारी, तरकारी गोदामसम्म र गोदामबाट सिधै घरसम्म मात्र आवतजावत गर्न सक्नेछन् । तर, यी सबै अवस्थामा पूर्ण रुपले स्वास्थ्यका मापदण्ड पालना गर्नु पर्नेछ ।

बैठकले एम्बुलेन्स, प्रेसका सवारी, तरकारी निकासीका सवारी बाहेक अन्य सबै खाले सवारी संचालनमा रोक लगाउने निर्णय समेत गरेको छ । यसबीचमा, नगर बाहिरबाट आउने सवारी साधन समेत निषेध गर्ने निर्णय गरेको छ ।

बैठकले निषेधाज्ञाको अवज्ञा गरेको पाइएमा कोरोना संक्रमण अवधिमा लगाइने सबैखाले निषेधाज्ञा अवधिभर पसल सिल गर्ने निर्णय गरेको छ ।
शनिबारसम्म नगरमा ३ सय ३६ जना संक्रमित भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*