माधव नेपालसहित ११ जनालाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय (नामावलीसहित)

बाइलाइन नेपाल
८ जेष्ठ २०७८, शनिबार १८:५३

नेकपा एमालेको आकस्मिक स्थायी समिति बैठकले माधवकुमार नेपालसहितका ११ जना नेताहरुलाई ११ जनालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । उनीहरुले विपक्षीहरुसँग मिलेर सरकार बनाउने प्रयास गरेको भन्दै स्पष्टिकरण सोध्ने निर्णय गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

आज बसेको स्थायी कमिटी बैठकले माधव नेपाल, झलनाथ खनाल, भीम रावल, रामकुमारी झाँक्रीसहितका ११ सांसदसँग स्पष्टिकरण माग्ने निर्णय गरेको हो । सुरेन्द्र पाण्डे, घनश्याम भुसाल लगायतका नेतासँग भने स्पष्टिकरण मागिएको छैन । स्पष्टिकरण सोधिएका झलनाथ, माधव र भीम रावलबाहेक अरु सबै समानुपातिक सांसद छन् ।

माधव नेपाल पक्षका २६जना सांसदले शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको भनिए पनि कतिपयले हस्ताक्षर किर्ते भएको भनेको र कतिपयले लिखित र मौखिक रुपमा आफ्नो सहमति नरहेको जानकारी गराएकाले अरुलाई स्पष्टीकरण नसोधिएको बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बताए । उनीहरुलाई सोमबार बिहानसम्म स्पष्टीकरण दिन भनिएको छ ।

लिखित स्पष्टीकरण सोधिएका एमाले सांसद

१ःझलनाथ खनाल

२ः माधवकुमार नेपाल

३ः भीमवहादुर रावल

४ः मुकुन्द न्यौपाने

५ः रामकुमारी झाँक्री

६ः सरला यादव

७ः पुष्पाकुमारी कर्ण

८ः कलिला खान

९ः निरादेवी जैरु

१०ः लक्ष्मी कुमारी चौधरी

११ः कल्याणी खड्का

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*