एमालेले वागमती प्रदेशमा नेपाल समूहका १४ जना सांसदसँग सोध्यो स्पष्टीकरण

प्रदेशमा पनि नेपाल समूह माथि कारबाहीको डण्डा
बाइलाइन नेपाल
८ जेष्ठ २०७८, शनिबार १४:०६
Bagmati Province, Dormani Poudel

हेटौंडा । नेपाल एमालेको केन्द्रमा देखिएको समस्या प्रदेशमा पनि सुरु भएको छ । राष्ट्रियसभाको निर्वाचनमा एमालेका सांसद रामबहादुर थापा बादललाई हराउन भुमिका खेलेको भन्दै माधव नेपाल समूहका १४ जना सांसदलाई स्पष्टिकरण सोधिएको छ ।

नेकपा एमाले बागमती प्रदेश संसदीय बोर्डको बैठकले पार्टीको निर्णय विरुद्ध गतिविधि गर्ने प्रदेश सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । मुख्यमन्त्री तथा बोर्डका अध्यक्ष डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले पार्टीको नीति र निर्देशन विरुद्ध लागेको भन्दै नेपाल समूहका १४ जनालाई कारबाही प्रक्रिया सुरु गरेको हो ।

मुख्यमन्त्री पौडेल विरुद्ध अविश्वासको प्रस्ताव प्श गर्नेदेखि राष्ट्रियसभाको उपनिर्वाचनमा पार्टीको निर्देशन विरुद्ध विपक्षी उम्मेदवारलाई मतदान गर्ने प्रदेश सांसादलाई भोलि (आइतबार) बेलुका ५ बजे सम्म स्पष्टीकरण बुझाउन निर्देशन दिएको नेकपा एमाले बागमती प्रदेस संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले जानकारी दिएका छन। उनका अनुसार स्पष्टिकरण आएपनि थप कारबाही बारे निर्णय हुने छ ।

बैठकले प्रदेश सांसद अष्टलक्ष्मी शाक्य ,राजेन्द्रप्रसाद पाण्डे ,अरुणप्रसाद नेपाल ,रचना खड्का ,कुसुम कुमार कार्की ,मनु सिग्देल ,बसुन्धरा हुमागाई ,लक्ष्मण लम्साल ,इन्द्रमाया गुरुङ ,कृष्ण प्रसाद खनाल ,बसन्त मानन्धर ,शान्तिप्रसाद पौडेल, पार्वती सिलवाल र मिना ज्ञवालीलाई स्पष्टीकरण सोध्ने निर्णय भएको निरौलालले जानकारी दिए।

बागमती प्रदेशको संसदीय १५ सदस्यीय बोर्डमा उपनेता र सचेतक चयन नभएको अवस्थामा १३ सदस्य रहेका छन् । उक्त बैठकले कोभिड–१९ प्रकोप नियन्त्रण र रोकथामका लागि प्रदेस सरकारले अहिले सम्म गरेको कामको लागि धन्यवाद दिंदै आगामी दिनका थप प्रभावकारी ढंगले लाग्नका लागि निर्देशन दिनुका साथै प्रदेश सांसद पशुपति चौलागाईंको निधन भएको दुःखद अवसरमा भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गरेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*