राष्ट्रियसभा सदस्य पदका लागि हेटौंडामा मतदान सुरु

बाइलाइन नेपाल
६ जेष्ठ २०७८, बिहीबार ०९:३५

हेटौंडा । राष्ट्रियसभा सदस्य पदका लागि बागमती प्रदेशस्तरीय उपनिर्वाचन अन्तर्गत मतदान सुरु भएको छ । हेटौंडाको भुटनदेवी माविमा रहेको मतदान स्थलमा मतदान सुरु भएको हो ।

बिहान ९ बजेबाट सुरु भएको मतदानका दिउँसो ३ बजेसम्म मतदानको समय छुट्याइएको छ । तीन स्थानमा मतदान गर्ने व्यवस्था मिलाइएको छ । प्रदेशसभा सदस्य, स्थानीय तहका प्रतिनिधि र कोभिड संक्रमित मतदाताका लागि छुट्टाछुट्टै मतदानको व्यवस्था मिलाइएको छ ।े पानी परेपनि मतदाताहरु छाता ओढेर लाइनमा बसेका छन् ।

राष्ट्रियसभा सदस्यको रिक्त एक पदका लागि रामबहादुर थापा ‘बादल’, डा. खिमलाल देवकोटा र कृष्णबहादुर तामाङ उम्मेदवार छन् । बादल एमालेका उम्मेदवार हुन् भने देवकोटा एमालेकै खनाल–नेपाल पक्षसहित काँग्रेस, माओवादी केन्द्रसहितका दलका साझा उम्मेदवार हुन् । तामाङ भने नेपाल मजदुर किसान पार्टीबाट उम्मेदवार बनेका हुन् ।

नतिजा भर्चुअल माध्यमबाट सार्वजनिक गरिने गरी व्यवस्थापन मिलाइएको छ। प्रमुख निर्वाचन अधिकृत न्यायाधीश डिल्लीरत्न श्रेष्ठका अनुसार मतगणनाको नतिजा भर्चुअल माध्यमबाट सार्वजनिक गरिने गरी व्यवस्थापन गरिएको हो।

मतदान स्थल भुटनदेवी माविमै मतगणना गरी सोको नतिजा भर्चुअल माध्यम (जुम) मार्फत सार्वजनिक गर्ने योजना बनाइएको छ। मतगणना साँझ ५ बजेदेखि शुरु गरिने छ। आजै बेलुकासम्ममा नतिजा आइसक्ने जनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*