एमालेमा बादलको अग्निपरीक्षा आज

प्रचण्ड बादललाई हराएर आफुलाई दिएको धोकाको बदला लिन चाहन्छन्
बाइलाइन नेपाल
६ जेष्ठ २०७८, बिहीबार ०८:०२

हेटौंडा । गृहमन्त्री छोड्नु पर्ने भएपछि माओवादी केन्द्र त्यागेर नेकपा एमाले बन्न पुगेका जनयुद्धका कमाण्डर रामबहादुर थापा (बादल) को आज हेटौंडामा अग्निपरीक्षा हुँदैछ । एमालेमा गएपछि उनले गुमाएको राष्ट्रियसभा सदस्य पदका लागि आज हेटौंडाको भुटनदेवी माविमा उपनिर्वाचन हुँदैछ ।

एमाले बन्न पुगेका बादल पुनः राष्ट्रियसभा सदस्य बनेर गृहमन्त्री भइरहने धोको छ । उनलाई जिताउन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आचारसंहिता समेत मिचेर सबै राज्यका शक्ति प्रयोग गरिरहेका छन् । तर उनि विरुद्ध उम्मेदवार बनेका संघीयताविद डा. खिमलाल देवकोटा पनि एमालेकै हुन् । उनि एमालेका वरिष्ठ नेता माधव नेपालको प्रस्तावमा माओवादी, कांग्रेस, जसपाको तर्फबाट उम्मेदवार बनेका हुन् ।

एमालेमा प्रवेश गरेर ओलीको तर्फबाट उम्मदेवार बनेका बादलले एमालेकै अर्का उम्मेदवार सँग चुनावी प्रष्तिपर्धा गरिरहेका छन् । त्यसैले पनिएमालेमा बादलको आज अग्निपरीक्षा हुँदैछ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बादललाई जसरी पनि हराएर आफुलाई दिएको धोकाको बदला लिन चfहन्छन् । काँग्रेसपनि ओलीका उम्मेदवार बादललाई हराएर सबक सिकाउने पक्षमा रहेको छ ।

अहिले देवकोटालाई उम्मेदवार बनाउने एमालेको नेपाल पक्षको भुमिका मुख्य रहेको छ । स्रोतका अनुसार नेपाल समूहले आफ्ना पक्षका सासद र स्थानीय तहका प्रमुख, उपप्रमुखलाई देवकोटाको कलम चिन्हमा मतदान गर्न सर्कुलर गरिसकेको छ । उसले आफ्ना पक्षलाई हेटौंडामा छुट्टै जम्मा गरेर बादललाई मत नदिन निर्देशन नै दिएको जनाइएको छ ।

उत्ता बादललाई मत माग्न र मतदातालाई आश्वासनमा पार्न मुख्यमन्त्री डोरमणि पौडेलल नै लागेका छन् । उनले प्रदेश सरकारको बजेटबाटै मतदातालाई खाने बस्ने सुविधा उपलब्ध गराएका छन् । साथै काठमाडौंबाट आएका ओली समूहका नेताहरुले बादललाई भोट माग्न साम दामसहित सबै उपाय अबलम्वन गरिरहेको एक प्रदेश सांसदले बताएका छन् ।

दुवै पक्षका नेताहरु आफ्नो उम्मेदवारको पक्षमा मतदाता तान्न अहिले हेटौंडामा दौडधूप गरिरहेका छन् । हेटौंडामा बिहानैबाट पानी परेर मौसम चिसो भएपनि एमाले विरुद्ध एमालेकै चुनावी प्रतिष्प्रर्धाले माहौल तताएको छ । मकवानपुरमा प्रशासनले औषधि बाहेक सबै व्यपार व्यवसाय बन्द गर्न निर्देशन दिएको छ । हेटौंडाका अधिकांश होटल खुलेका छन् ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले उपनिर्वाचनको परिणाम आजै आउन सक्ने बताए । ‘कुनै प्राविधिक समस्या आएन भने मतपरिणाम आजै आउँछ,’ उनले भने ।

उपनिर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् । वाग्मती प्रदेशसभा सदस्य ११० जना छन् । प्रदेशका १३ जिल्लाका ११९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २३८ जना छन् । यसरी जम्मा मतदाता ३४८ रहेकाले गणना गर्न धेरै समय नलाग्ने निर्वाचन आयोगका अधिकारीहरु बताउँछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*