मकवानपुरमा आज ९० जना कोरोना संक्रमित थपिए

थाहा नगरमा धेरै संक्रमित
बाइलाइन नेपाल
१ जेष्ठ २०७८, शनिबार १४:५६

हेटौंडा । मकवानपुरमा आज ९० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । सार्वजनिक रिर्पोट अनुसार वैशाख २९, ३०, ३१ र जेठ १ गते संकलन गरिएको स्वाब परीक्षण गर्दा ९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

तथ्याङ्क अनुसार आज सबैभन्दा धेरै थाहा नगरपालिकाका १८ जना रहेका छन् । हेटौंडा–५ मा १३ जना, हेटौंडा–४ र ११ मा ९÷९, हेटौंडा–८ मा ८, हेटौंडा–१० मा ५ जना संक्रमित फेला परेका छन् । यसबाहेक मकवानपुरगढी, मनहरी, भीमफेदी गाउँपालिकामा पनि संक्रमित फेला परेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*