हेटौंडा अस्पतालमा उपचाररत दुई संक्रमितको मृत्यु

बाइलाइन नेपाल
१ जेष्ठ २०७८, शनिबार १४:०७

हेटौंडा अस्पतालमा उपचाररत थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा उपचाररत हेटौंडा–४ की ७३ वर्षीय महिलाको मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डा. सागर काफ्लेले जानकारी दिए ।
उनको शनिबार बिहान उपचारको क्रममा अस्पतालको आइसियुमा मृत्यु भएको हो ।

गत बैशाख २५ गते कोरोना संक्रमण पुष्टि भएकी मृतक महिला स्वास प्रश्वासमा समस्या आएपछि उपचारका लागि वैशाख ३० गते हेटौंडा अस्पतालको कोभिड उपचार कक्षमा भर्ना गरिएकी थिइन् ।

त्यस्तै शुक्रबार साँझ मकवानपुरको राक्सिराङ गाउँपालिकाले संचालन गरेको कोभिड अस्पतालमा एक महिलाको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा हेटौडा उपमहानगरपालिका वडा नम्बर–५ की महिलाको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए ।
शुक्रबार हेटौडाका अस्पतालमा वेड र अक्सिजन अभाव भएपछि मृतक महिलालाई गाउँपालिकाको कोभिड अस्पतालमा पठाइएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*