हेटौँडा अस्पतालमा अक्सिजन कन्सन्ट्रेटर

बाइलाइन नेपाल
१ जेष्ठ २०७८, शनिबार १४:०४

बागमती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा अस्पतालमा शुक्रबार काठमाडौँबाट अक्सिजन कन्सन्ट्रेटर ल्याइएको छ ।

अक्सिजनको अभाव झेलिरहेको सो अस्पतालमा कोरोना सङ्क्रमितको उपचारका लागि अक्सिजन सिलिन्डरको मात्र भर परेर नहुने भएकोले हेलिकप्टर चार्टड गरी सो उपकरण ल्याइएको हो ।

अक्सिजन कन्सन्ट्रेटर हावामा भएको अक्सिजनलाई एकीकृत गर्ने एउटा विद्युतीय उपकरण हो । कन्सन्ट्रेटरले हावालाई फिल्टर गरेर शुद्ध अक्सिजन निकाल्ने काम गर्छ ।

यो लिक्विड अक्सिजनको जति शुद्ध नभए पनि सामान्य बिरामीका लागि प्रयोग गर्न सकिन्छ । यसले एक मिनेटमा ५ देखि १० लिटर अक्सिजन उपलब्ध गराउन सक्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*