मकवानपुरमा आज १०९ जना कोरोना संक्रमित थपिए

बाइलाइन नेपाल
३१ बैशाख २०७८, शुक्रबार १५:२९

हेटौंडा । मकवानपुरमा आज १०९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । सार्वजनिक रिर्पोट अनुसार मकवानपुरमा १४३ जनाको स्वाब परीक्षण गर्दा १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जनस्वास्थ्य निरीक्षक भोला चौलगाईले सार्वजनिक गरेको रिर्पोट अनुसार संक्रमित हुनेमा ५५ सय जना पुरुष र५४ जना महिला रहेका छन् । आज परुीक्षण गरिएको स्वाब बैशाख ३० गते संकलन गरिएको थियो ।

तथ्याङ्क अनुसार आज सबैभन्दा धेरै हेटौंडा–५ मा २३ जना, हेटौंडा–९ मा १३, हेटौंडा–१ मा ८, हेटौंडा–११ मा ८ जना संक्रमित फेला परेका छन् । अघिल्ला दिनमा धेरै संक्रमित हुने वडा नम्बर ४ मा आज ७ जनामात्र संक्रमित थपिएका छन् ।

यसबाहेक मकवानपुरगढी, बकैया, कैलाश गाउँपालिकामा पनि संक्रमित फेला परेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*