लगातार उकालो लाग्दै थाहानगरमा कोरोना

सुरेन्द्रमान प्रधान
३० बैशाख २०७८, बिहीबार २०:३२

थाहानगर/थाहानगरमा लगातार कोरोना संक्रमितको संख्या उकालो लाग्ने क्रम जारी छ । बिहीबार आफै स्वास्थ संस्था पुगेका २१ जनामध्ये १२ जनामा कोरोना पोजेटिभ देखेको छ । बिहीबार वडा नम्बर १ मा ४, २ मा १, ३ मा ३, ५ मा २ र १० नम्बरमा २ जना संक्रमित थपिएका हुन् ।

संक्रमण पुष्टि भएपछि संक्रमित व्यक्ति १४ दिन आइसोलेशन र तिनका परिवार कम्तिमा ५ दिन होम क्वारेन्टाइन बस्नु पर्ने व्यवस्था भएपनि लापरबाही रुपले बाहिर डुल्नाले संक्रमण बढिरहेको अनुमान गरिएको छ ।

त्यसैगरी, सुरुसुरुमा सामान्य लक्षण देखिना साथ सुरक्षित नबस्ने र स्वास्थ्य परिक्षण नगर्नाले संक्रमण दर बढिरहेको स्वास्थ्यकर्मीहरु बताउँछन् । बिहीबार समेत गरि थाहानगरमा दोस्रो भेरियन्ट पछि मात्र १ सय ७५ जनामा संक्रमण पुष्टि भैसकेको छ ।

तीमध्ये ८ जना निको भएका छन् । २ जनाको मृत्यु भएको छ भने ६ जना थाहानगर बाहिर उपचाररत छन् । १ सय ५९ जना होम आइसोलेशनमा रहेको डा. रिकेश कार्कीले बताए ।

होम आइसोलेशनमा रहेका सबै बिरामीहरुको अवस्था सामान्य रहेको डा. कार्कीले बताए । संक्रमित परिवारका सदस्यहरु खुल्ला नहिड्न प्रशासनले आग्रह गरेको छ । समाजमा जोखिम हुनेगरी खुल्ला हिडेको पाइएमा स्वास्थ्य कार्यालय, कोभिड रोकथाम तथा नियन्त्रण निर्देशन समितिका पदाधिकारीहरु वा प्रहरीमा खवर गर्न अनुरोध गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*