मकवानपुरमा १८५ जनामा कोरोना संक्रमण पुष्टि

बाइलाइन नेपाल
३० बैशाख २०७८, बिहीबार १५:१६

हेटौंडा । मकवानपुर जिल्लामा पछिल्लो २४ घण्टामा थप १ सय ८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

३ सय ४३ जनामा पिसिआर र एन्टीजेन परीक्षण गर्दा थप १ सय ८५ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायले जानकारी दिए । एक सय ५४ जनाको पीसीआर परिक्षणबाट र ३१ जनाको एन्टीजीन परिक्षणबाट कोरोना पुष्टि भएको हो ।

पुष्टि हुनेमा सबैभन्दा बढी १ सय ४८ जना हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । यसैगरी १२ जना मनहरी गाउँपालिकाका, ११ जना थाहा नगरपालिकाका,८ जना कैलाश गाउँपालिकाका,५ जना मकवानपुगढी गाउँपालिकाका र एक जना राक्सिराङ गाउँपालिकाका रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*