बुधबार थाहामा ११ जना संक्रमित थपिए

नगरमा निषेधाज्ञा कडाइ गर्न समितिको सुझाव
सुरेन्द्रमान प्रधान
२९ बैशाख २०७८, बुधबार २०:१६

थाहानगर/ थाहानगरमा बुधबार ११ जना कोरोन संक्रमित थपिएका छन् । १७ जनाको एन्टीजेन परिक्षण गरिएकोमा ८ जना पुरुष र ३ महिलामा कोरोना पोजेटिभ देखिएको हो । यो सहित कोरोनालो दोस्रो भेरियन्टपछि थाहानगरमा बुधबारसम्म १ सय ६० जना पोजेटिभ भैसकेका छन् । तीमध्ये थप एक जनासहित निको हुनेको संख्या ८ पुगेको छ । ६ जना थाहानगर बाहिर उपचाररत छन् । १ सय ४४ जना होम आइसोलेशनमा रहेको डा. रिकेश कार्कीले बताए ।

बुधबार थाहा २ मा ५ जना थपिएसङ्गै सक्रिय संक्रमितको संख्या ३१ पुगेको छ । यसैगरी, वडा नम्बर ३ मा थपिएका ५ सहित ४७ जना पुगेका छन् । पोजेटिभ भएकाहरुको ट्राभल हिस्ट्री अनुसार धेरैजसो विवाह तथा भोजमा सहभागी भएको पाइएको छ । होम आइसोलेशन मै विरामीहरुको अवस्था बुझ्दै स्वास्थ्य उपचार गरिरहेका डाक्टरहरुका अनुसार बिरामीहरुमा गम्भीर समस्या छैन ।

यसैबीच, बुधबार बसेको कोभिड रोकथाम तथा नियन्त्रण निर्देशन समितिको बैठकले भविष्यमा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै “सेल्फ पेयिङ” आइसोलेशन सन्चालनको सम्भावना बुझ्न थाहानगर उद्योग वाणिज्य संघलाई जिम्मेवारी दिने निर्णय गरेको छ । बैठकले फ्रन्टलाइनमा सक्रिय स्वास्थ्यकर्मी नै संक्रमित हुन सक्ने अवस्थालाई ध्यानमा राखी बैकल्पिक व्यवस्थाको तयारीमा रहन स्वास्थ्य शाखालाई निर्देशन दिएको छ ।

यसैगरी, नगरमा बढिरहेको संक्रमण दरलाई न्यूनिकरण गर्न अझ निषेधाज्ञालाई कडाइ गर्न सुझाव दिएको छ । इलाका प्रहरी कार्यालयका प्रमुख श्रीराम तिमल्सिनाले जनप्रतिनिधिहरुले निषेधाज्ञा पालना गराउन सहयोग गर्नु पर्ने बताए । प्रहरीमा गुनासो आएका पसल तथा होटल, चिया पसलहरुलाई भित्री रुपले निगरानी गरिरहेको र वातावरण बिगार्न खोजे तत्काल कार्बाहीको दायरामा ल्याउन सकिने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*