उपनिर्वाचनः बादललाई सुर्य,देवकोटालाई कलम चुनाव चिन्ह

बाइलाइन नेपाल
२९ बैशाख २०७८, बुधबार १८:२८

हेटौंडा। आगामी जेठ ६ गते हुन गइरहेको राष्ट्रियसभा उपनिर्वाचनमा सदस्य पदको उम्मेदवारी दर्ता गराएका उम्मेदवारलाई बुधबार चुनाव चिन्ह प्रदान गरिएको छ।

राष्ट्रिसभा सदस्य पदमा उम्मेदवारी दिएका गृहमन्त्री रामबहादुर थापा बादललाई सूर्य चिन्ह, काँग्रेस,माओवादी केन्द्र र जसपाको समर्थनमा स्वतन्त्र उम्मेदवार बनेका डाक्टर खिमलाल देवकोटालाई कलम र नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङलाई मादल चुनाव चिन्ह बागमती प्रदेश निर्वाचन आयोग कार्यालयले प्रदान गरेको छ ।

बुधबार अपरान्ह अन्तिम नामावली प्रकाशनसंगै निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य पदको उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरेको प्रदेश निर्वाचन आयोग कार्यालयकी सुचना अधिकारी सम्झना ढकालले जानकारी दिइन् । जेठ ६ गते हेटौंडाको भुटनदेवी स्कुलमा मतदानको व्यवस्था गरिएको छ ।

निर्वाचन आयोगका अनुसार उपनिर्वाचनको तयारी पूरा भएको छ । जसमा प्रदेश सभातर्फ ११० र स्थानीय तहतर्फ २३८ गरी ३३८ मतदाता रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*