हेटौंडा अस्पतालमा ३ जनाको मृत्यु, मृतकको संख्या १४ पुग्यो

बाइलाइन नेपाल
२९ बैशाख २०७८, बुधबार १७:०७

मकवानपुरमा कोरोना संक्रमणका कारण थप ३ जनाको मृत्यु भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालमा उपचाररत तीन जना कोरोना संक्रमितको मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डा. सागर काफ्लेले जानकारी दिए ।

मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिकाका दुई जना र भीमफेदीका एक जना पुरुष रहेको डा. सागर काफ्लेले बताए । कोरोना संक्रमण पुष्टि भए लगत्तै उपचारका लागि हेटौंडा अस्पतालको कोभिड–१९ कक्षमा भर्ना भएका भीमफेदी गाउँपालिका वडा नम्वर–६ का ५९ वर्षीय पुरुषको बुधबार बिहान १० बजे मृत्यु भएको थियो ।

त्यस्तै, हेटौँडा उपमहानगरपालिका वडा नम्वर–१ का ५० वर्षीय पुरुषको आज बिहान ९ः२० बजे मृत्यु भएको हो भने हेटौँडा उपमहानगरपालिका वडा नम्वर–३ का ६५ वर्षीय पुरुषको मंगलबार साँझ नै मृत्यु भएको अस्पतालले जनाएको छ ।

योसँगै हेटौंडा अस्पतालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*