हेटौँडा अस्पतालको कोभिड उपचार कक्ष संक्रमितले भरिए

बाइलाइन नेपाल
२९ बैशाख २०७८, बुधबार १६:१५

हेटौंडा अस्पतालको कोभिड–१९ उपचार कक्षका सबै वेड कोरोना संक्रमितले भरिएका छन् ।कोरोना संक्रमितहरुको उपचारका लागि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालले संचालनमा ल्याएको उक्त उपचार कक्षका सबै वेड संक्रमितले भरिएको अस्पतालका कोभिड इन्चार्ज डा. सागर काफ्लेले जानकारी दिए ।

अस्पतालले २० वेडको व्यवस्था गरी संक्रमितको उपचार कार्य सुरु गरेको थियो । अस्पतालले संक्रमितको संख्या बढ्दै गएपछि २० वेड क्षमतालाई विस्तार गर्दै हाल ४६ वेडको कोभिड उपचार कक्ष संचालनमा ल्याएको छ ।अस्पतालमा १४ वेड आइसियू, १६ वेड एचडियू, १६ वेड स्टेप डाउन र ४ वटा भेन्टिलेटर संचालनमा रहेका छन् ।

विरामीको आवश्यकताका आधारमा रोटेसनमा भेन्टिलेटरको प्रयोग गरिँदै आएको उनले बताए । अस्पतालमा हाल आइसियूमा १५ जना, एचडियूमा १६ जना र स्टेपडाउनमा १६ जना संक्रमितहरु उपचाररत रहेका छन् । उपचाररत ३ जना कोरोना संक्रमितको अवस्था भने गम्भीर रहेको छ । केही संक्रमितहरुलाई भने इमर्जेन्सी कक्षमा नै राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ ।

संक्रमितको संख्या बढ्दै गएपछि अस्पतालले स्टेप डाउनका वेडलाई संक्रमितको अवस्था र आवश्यकताका आधारमा बढाउने काम गरिरहेको डा. काफ्लेले बताए । अवस्था यस्तै रहने हो भने अस्पतालले नयाँ संक्रमितलाई भर्ना लिन नसक्ने अवस्था आउने र स्थिती भयावह हुने निश्चित रहेको भन्दै उनले चिन्तासमेत व्यक्त गरे ।-रातोपाटी डटकमबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*