मकवानपुरमा एकैदिन १८२ जनालाई कोरोना पुष्टि

बाइलाइन नेपाल
२९ बैशाख २०७८, बुधबार १४:२८
फाइल तस्वीर

हेटौंडा । मकवानपुरमा आज १८२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । सार्वजनिक रिर्पोट अनुसार मकवानपुरमा २७० जनाको स्वाब परीक्षण गर्दा १८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जनस्वास्थ्य निरीक्षक भोला चौलगाईले सार्वजनिक गरेको रिर्पोट अनुसार संक्रमित हुनेमा ९९ सय जना पुरुष र ८३ जना महिला रहेका छन् । आज परुीक्षण गरिएको स्वाब बैशाख २७, २८ र २९ गते संकलन गरिएको थियो ।

तथ्याङ्क अनुसार आज सबैभन्दा धेरै हेटौंडा–४ मा ३० जना हेटौंडा–५ मा २४ जना, हेटौंडा–९ मा २६, हेटौंडा–८ मा १९, हेटौंडा–२ मा १३ जना संक्रमित फेला परेका छन् । यसबाहेक मकवानपुरगढी, भीमफेदी र मनहरी गाउँपालिकामा पनि संक्रमित फेला परेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*