थाहानगरमा फेरि थपिए १७ संक्रमित, अझै सतर्कतामा कमजोरी

सुरेन्द्रमान प्रधान
२८ बैशाख २०७८, मंगलवार २०:५३

थाहानगर/थाहानगरमा मङ्गलबार कोरोना संक्रमितको संख्या १७ जना थपिएका छन् । हेटौंडामा गरिएको पिसिआर परिक्षणबाट ३ जना र थाहानगरको स्वास्थ्य संस्थाहरुमा गरिएको एन्टीजेन परिक्षणबाट १४ जना गरि १७ जना थपिएका हुन् ।

२२ जनको एन्टिजेन परिक्षणमध्ये १४ जना संक्रमित थपिएका हुन् । यो समेत गरि थाहामा सक्रिय संक्रमितको संख्या १ सय ४८ पुगेको छ । यसैगरी, संक्रमित भएर होम आइसोलेशनमा बसेकाहरु मध्ये वडाध्य्क्षसहित थप ४ जना निको भएका छन् ।

१ नम्बर वडाध्यक्ष हेरमान गोपालीसहित थप ४ जना निको भएपछि थाहामा निको हुनेको संख्या ७ पुगेको छ । होम आइसोलेशनमा बसेका स्वास्थ्यकर्मी चन्द्रदीप भुजेल पनि निको भएका छन् । कन्ट्राक्ट ट्रेसिङका आधारमा गरिएको परिक्षणमा भुजेलका परिवारका सदस्यहरुको पनि नेगेटिभ रिपोर्ट आएको छभने आइसोलेशनमा रहेका यी चार बाहेक अन्यको पुन: पोजेटिभ रिपोर्ट आएको छ ।

मङ्गलबार थपिएकामध्ये थाहा १ को २, २ को २, ३ को ८, ४ को २, ६ को २, १० को १ र इन्द्रसरोवर गाउँपालिकाको १ संक्रमित छन् ।
थाहानगरमा हरेक दिन डर लाग्दो संख्यामा संक्रमितको दर बढिरहेपनि स्थानीयमा अझै सतर्कताको कमी देखिएको छ । निषेधाज्ञामा अतिआवस्यकीय वस्तुका पसलहरु मात्र खोल्न दिइएको भएपनि प्रायः व्यवसायहरु खुल्लै देखिने गरेका छन् । विहान ८ बजेसम्म मात्र खोल्न निर्देशित व्यवसायहरु प्रहरीको पहूच बाहिरका बजार क्षेत्रमा दिनभरी जस्तै खुल्ने गरेको स्थनीयको गुनासो छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*