मकवानपुरगढी गाउँपालिकाका जनप्रतिनिधिको सवारीले अब संक्रमित बोक्ने

बाइलाइन नेपाल
२६ बैशाख २०७८, आईतवार १८:०८

हेटौंडा । मकवानपुरगढी गाउँपालिकाका जनप्रतिनिधिले प्रयोग गर्दै आएको एउटा सवारीसाधन अब कोरोना संक्रमितलाई बोक्न प्रयो गरिने भएको छ । गाउँपालिकामा जनप्रतिनिधिले प्रयोग गर्दे आएको बा. १ झ . ९२०४ नम्बरको सवारीसाधन अबदेखि कोरोना संक्रमित बिमारीलाई अस्पताल लैजाने तथा ल्याउने काममा प्रयोग गरिने भएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनलेद्वारा जारी सूचनामा जनप्रतिनिधिले प्रयोग गर्ने एउटा सवारी साधन र वडा नम्बर २ शिखरकटेरीमा रहेको मकवानपुरगढी स्वास्थ्य चौकीको एम्बुलेन्स समेत कोरोना संक्रमितलाई लैजानल्याउन प्रयोग गरिने उल्लेख छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*