आइतबार मकवानपुरमा १३४ जनालाई कोराना पुष्टि

बाइलाइन नेपाल
२६ बैशाख २०७८, आईतवार १६:४१

हेटौंडा। मकवानपुरमा आज १३४ जना कोरोना संक्रमित थपिएका छन् । हेटौंडा अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा गरिएको १७९ जनाको स्वास परीक्षणमा १२८ जनामा र एन्टिजेन विधिबाट १८ जनाको परीक्षणमा ६ जना गरी १३४ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिए ।

संक्रमित मध्य हेटौँडा –४ मा सबैभन्दा धेरै ३० जना मानिस रहेको बताएका छन। यस्तै, हेटौंडा–५ मा १९, हेटौंडा–९ मा १७, हेटौंडा–२ मा १३ जनामा कोरोना संक्रमण देखा परेको छ । संक्रमित मध्य ५४ महिला र ८० पुरुष रहेको चौलागाईं बताएका छन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*