औंसीमा हिँडडुल नगर्न थाहानगरको अनुरोध

सुरेन्द्रमान प्रधान
२६ बैशाख २०७८, आईतवार १६:२२

थाहानगर/थाहानगरमा कोरोना संक्रमितको संख्या बढेपछि थप जोखिम न्यूनिकरणका लागि २७ बैशाख राती १२ बजेदेखि २८ बैशाख राती १२ बजेसम्म पैदल समेत नहिड्न निर्देशन समितिले अनुरोध गरेको छ ।

आइतबार थाहा नगरपालिकामा बसेको कोभिड रोकथाम तथा नियन्त्रण निर्देशन समितिको बैठकले औंसीमा हुने भीडभाड नियन्त्रणका लागि त्यस्तो निर्णय गरिएको उपप्रमुख खड्ग गोपालीले बताए ।

सो अवधिमा खाद्यान्न, तरकारी, मिठाई, फलफूल पसल समेत नखोल्न आग्रह गरिएको छ । बैठकले नगरबासीलाई कुनै पनि बाहानामा घर बाहिर हिडडुल नगर्न आग्रह गरिएको छ । आग्रह उलंघन गर्ने विरुद्ध संक्रमण रोग ऎन २०२० अन्तर्गत कार्वाही गरिने चेतावनी दिइएको छ ।

बैठकले सबै व्यवसायीहरुलाई निर्णय पालना गराउन सहयोग पुर्याउन थाहानगर उद्योग वाणिज्य संघलाई आग्रह समेत गरेको छ । नगरमा हरेक दिन संक्रमण दर बढिरहेको छ्भने आइतबार विहानसम्म २ जनाको मृत्यु भैसकेको छभने ४ जना नगरबाहिर उपचाररत छन् ।

९९ जना होम आइसोलेशनमा छन् । गत वर्ष क्वारेन्टाइनका लागि प्रयोग गरिएको भवनलाई यस वर्ष आइसोलेशनको रुपमा प्रयोग गरिने तयारी गरिरहेको छ । बज्रबाराहीस्थित सो भवन आइसोलेशनका लागि सोमबारदेखि योग्य हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*