थाहानगरका एक कोरोना संक्रमितको मृत्यु

बाइलाइन नेपाल
२६ बैशाख २०७८, आईतवार ११:०४

थाहानगर/थाहानगरका कोरोना संक्रमित थप एक जनाको आइतबार बिहान हेटौंडामा मृत्यु भएको छ ।

मृतक थाहा नगरपालिका ३ का ३८ वर्षिय पुरुष हुन् । उनको स्वास्थ्य अवस्था कमजोर भएपछि शनिबार विहान मात्र प्राथमिक स्वास्थ्य केन्द्र पालुङ लगिएको थियो । प्रास्वाकेमा स्वास्थ्य जाँच गर्दा अस्क्सिजनको मात्रा निकै कम भएपछि हेटौंडा रिफर गरिएको थियो ।

हेटौंडामा आइसियुमा राखी उपचार सुरु गरिएकोमा आइतबार बिहान ७ बजे मृत घोषणा गरिएको हो । पारिवारिक श्रोतका अनुसार यस अघि उनमा कुनै दीर्घ रोग भएको जानकारी छैन । यस अघि शनिबार विहान ३ बजे थाहा ५ का कोरोना संक्रमितको मृत्यु भएको थियो । छाउनी अस्पतालमा गरिएको स्वाव परिक्षणमा उनको पनि कोरोना पोजेटिभ देखिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*