हेटौंडामा बागमती प्रदेश प्रहरी कार्यालयको मुख्यालय भवन बन्दै

बाइलाइन नेपाल
२६ बैशाख २०७८, आईतवार १०:१९

हेटौडा । बागमती प्रदेश प्रहरी कार्यालयको मुख्यालय भवनको शिलन्यास गरिएको छ । बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव मदन भुजेलले भवन शिलान्यास गरेका हुन् । मन्त्रालयको आर्थिक सहयोगमा बागमती प्रदेश प्रहरी कार्यालयको परिसरमा निर्माण गर्न लागिएको हो ।

३ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ ३२ करोडको लागतमा भवन निर्माण हुने जनाईएको छ । चालु आर्थिक वर्षको लागि मन्त्रालयबाट ५ करोड निकासा भएकोमा टेण्डर प्रकृया सम्पन्न गरी ३ करोड ३ लाख २४ हजार ६ सय रुपैयामा निर्माण कम्पनीसंग सम्झौता भएको छ । निकट भविष्यमा नेपाल प्रहरी समायोजन भई प्रदेश प्रहरीको रुपमा रहने भएकोले हालको संरचना अपुग हुने र बागमती प्रदेश प्रहरीको प्रधान कार्यालयको रुपमा विकास गर्नुपर्ने भएको हुँदा भवनको निर्माण कार्य थालिएको जनाईएको छ । बागमती प्रदेश प्रहरी हाल संघीय अन्तर्गत रहेता पनि बागमती प्रदेश सरकारले भवन निर्माण लगायत शान्ति सुरक्षासंग सम्बन्धीत प्रत्यक्ष सरोकार राख्ने विषयहरुमा सहयोग गर्दै आईरहेको छ ।

मन्त्रालयको सहयोगमा हालसम्म बागमती प्रदेशको उपत्यका बाहेक ३४ वटा प्रहरी ईकाई निर्माण सम्पन्न भईसकेका छन् भने १२ वटा प्रहरी ईकाई निर्माणाधिन रहेका छन् । त्यस्तै चालु आर्थिक बर्षमा बागमती प्रदेश प्रहरी कार्यालयको मुख्यालय समेत थप २१ वटा प्रहरी ईकाई निर्माणको लागि सम्झौता भई निर्माण कार्य प्रारम्भ भईसकेको छ । हालसम्म ६७ वटा प्रहरी ईकाईहरु निर्माणको लागि आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट सहयोग भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*