थाहाका प्रमुख प्रशासकीय अधिकृत पुरीले चढ्ने गाडी कोरोना न्यूनिकरणमा प्रयोग गर्ने घोषणा

बाइलाइन नेपाल
२६ बैशाख २०७८, आईतवार ०६:३२

थाहानगर/थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले प्रयोग गर्दै आएको गाडी कोरोना प्रकोप भर आफुले नचढ्ने घोषणा गरेका छन् ।

शनिबार राती ९:४२ बजेको समयमा सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै कोरोना र दैविक प्रकोपमा प्रयोग गर्ने बताउदै सो अवधिभर आफू गाडी नचढ्ने बताएका हुन् ।

पुरीले स्टाटस लेखेका छन् “मैले प्रयोग गरिरहेको थाहा नगरपालिका को गाडी नम्बर बा २ झ १२५९को गाडी कोरोना र दैबिप्रकोप मा प्रयोग गर्नेगरी हस्तान्तरण गरेको छु।कोरोना अबधी भरी मैले चढिरहेकाे गाडि नचड्ने घाेषणा गर्दछु।” आइतबार कोभिड रोकथाम तथा नियन्त्रण निर्देशन समितिको बैठक बस्दैछ ।

थाहानगरमा दैनिक रुपले कोरोना संक्रमितको संख्या बढ्न थालेपछि एम्बुलेन्सको अभावले बिरामीले समय मै सेवा नपाउने सम्भावनाको अन्त्य गर्न अटोरिक्सा प्रयोग गर्ने निर्णय समेत गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*