थाहानगरमा कोरोना संक्रमित सय नाघे

सुरेन्द्रमान प्रधान
२५ बैशाख २०७८, शनिबार २०:१०

थाहानगर । थाहानगरमा अघिल्लो वर्षको तुलनामा यो वर्ष कोभिड संक्रमणको दर डर लाग्दो गरि बढेको छ । जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको एक सातामा थाहानगरमा मात्रै एक सय ५ संक्रमित भएको पुष्टि भैसकेको छ ।

तीमध्ये ३ जना निको, १ जनाको मृत्यु, ५ जनाको नगरबाहिर उपचार भैरहेको छभने अरु सबै होम आइसोलेशनमा छन् । शनिबार मात्रै २१ जनाको श्वाव परिक्षण गरिएकोमा ९ पुरुष र ५ महिला गरि १४ जना संक्रमित थपिएका छन् । तीमध्ये वडा नम्बर ५ का एकै परिवारका पाँच जना छन् । शनिबार नै पिसिआरका लागि १२ जनाको स्वाव संकलन गरिएको छ ।

उता, निषेधाज्ञामा अत्यावश्यक पसलहरु समय सिमा तोकेर खोल्न निर्देशन गरिएको भएपनि अटेर गर्नाले भयावह बन्दै गएको कोभिड रोकथाम तथा नियन्त्रण निर्देशन समितिको ठम्याइ छ । ‘हाल कोरोनाको लक्षण देखिएका तथा स्वस्थ्य केन्द्रमा आएकाहरुको मात्रै परिक्षण गरिरहेका छौँ, एन्टिजेन किटको अभाव छ, कन्ट्राक्ट ट्रेसिङको सम्भावना न्यून छ’–डा. रिकेश कार्कीले भने, ‘हालसम्मको पोजेटिभ केशहरुलाई हेर्दा बिबाह तथा पूजापाठहरुबाटै संक्रमण बढेको देखिएको छ ।’

निषेधाज्ञा अनुसार विहान ५ बजेदेखि ९ बजेसम्म खाद्यान्न, दूध, तरकारी, माछामासु, फलफूल पसल खोल्न पाइन्छ । २४ सै घन्टा औषधि पसल खोल्न भनिएको छभने अन्य सबै प्रकारका व्यवसाय नखोल्न निर्देशन दिएको भएपनि विहान अन्य व्यवसाय समेत खुल्ने गरेको छ । ूसरकारी निर्देशनको पुर्ण पालना गरि आफू र समाजलाई सुरक्षित राख्न सबै व्यवसायीमा अनुरोध गरेका छौूँ थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष कबिराज खत्रीले भने, ूऔंसीको बेला झन जोखिम बढ्न सक्ने हुँदा यस पटकको चाड हामी जहाँ जहाँ छौँ, त्यही सुरक्षित भएर मनाउन आग्रह गर्दछु ।ू

बैशाख २८ गते परेको मातातीर्थ औंसीका कारण अझै संक्रमण दर बढ्न सक्नेतर्फ निर्देशन समिति गम्भीर भएको समितिका संयोजक तथा नगर प्रमुख लवशेर विष्टले बताए । उनले संकटपूर्ण अवस्थामा सुरक्षित भएर चाड मनाउन आग्रह गर्दै आवतजावतलाई के गर्ने तथा संक्रमणको दर घटाउने उपायका लागि आइतबार नै समितिको बैठक बोलाइएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*