राष्ट्रियसभा सदस्यका लागि नेमकिपाको पनि उम्मेदवारी

बाइलाइन नेपाल
२४ बैशाख २०७८, शुक्रबार १३:०५

हेटौंडा । वाग्मती प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले पनि उम्मेदवारी दर्ता गराएको छ। नेमकिपाले केन्द्रीय सदस्य काभ्रेका कृष्णबहादुर तामाङलाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाएको छ ।

प्रदेश निर्वाचन कार्यालयमा तामाङले उम्मेदवारी दर्ता गराएका छन् । तामाङको प्रस्तावकमा नेमकिपाका प्रदेश सांसद सुरेन्द्रराज गोसाईँ र समर्थकमा प्रदेश सांसद सिर्जना सायँजु रहेकी छिन् ।

प्रदेशमा नेमकिपाका २ प्रदेश सांसद मतदाताका रुपमा रहेका छन् । साथै भक्तपुर नगरपालिकाका मेयर र उपमेयर पनि राष्ट्रियसभाका लागि मतदाताका रुपमा छन् ।

यसअघि नेकपा एमालेबाट रामबहादुर थापा बादल र स्वतन्त्र उम्मेदवारको रुपमा संघीयताविज्ञ खिमलाल देवकोटाले उम्मेदवारी दर्ता गराएका थिए । स्वतन्त्र उम्मेदवार देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेको माधव नेपाल समूहको समर्थन रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*