राष्ट्रियसभा सदस्यमा बादलको उम्मेदवारी दर्ता

बाइलाइन नेपाल
२४ बैशाख २०७८, शुक्रबार १२:४६

हेटौंडा । वाग्मती प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि नेकपा एमालेबाट रामबहादुर थापा बादलले उम्मदेवारी दर्ता गराएका छन् । वाग्मती प्रदेशको राजधानी हेटौंडास्थित निर्वाचन अधिकृतको कार्यालयमा बादलले उम्मेदवारी दर्ता गराएका हुन् ।

बादलको प्रस्तावमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकास मन्त्री सरस्वती बस्नेत रहेका छन् । उनि उम्मेदवारी दर्ता गर्न केही समयअघि मात्र हेलिकप्टर मार्फत् हेटौंडा आइपुगेका थिए ।

यसअघि स्वतन्त्र उम्मेदवारको रुपमा संघीयताविज्ञ डा. खिमलाल देवकोटाले उम्मेदवारी दर्ता गराएका थिए । देवकोटाको उम्मेदवारीको प्रस्तावकमा नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेल र समर्थकमा नेपाली कांग्रेस बागमती प्रदेशका प्रमुख सचेतक राधा घले रहेका छन् ।

स्वतन्त्र उम्मेदवार देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेको माधव नेपाल समूहको समर्थन रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*