मकवानपुरमा आज ६८ जनालाई कोरोना संक्रमण पुष्टि

बाइलाइन नेपाल
२३ बैशाख २०७८, बिहीबार १३:४१
फाइल तस्वीर

हेटौंडा । मकवानपुरमा आज ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संकलन गरिएको ९७ वटा स्वाब हेटौंडामा परीक्षण गर्दा ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिएका छन् ।

परीक्षणका क्रममा २९ जनाको रिपोर्ट नेगेटिभ आएको उनले बताए । जनस्वास्थ्य निरीक्षक चौलागाईंका अनुसार संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिका ५९ जना, थाहा नगरपालिकाका ५ जना र मनहरी गाउँपालिकाका ४ जना रहेका छन् । जसमध्ये सबैभन्दा धेरै हेटौंडा– ४ मा २२ जना र ५ मा ९ जना रहेका छन् ।

त्यस्तै हेटौँडा १ का २ जना, हेटौँडा २ का १ जना, हेटौँडा ३ का १ जना, हेटौँडा ७ का २ जना, हेटौँडा ८ का ३ जना, हेटौँडा ९ का ४ जना, हेटौँडा १० का १ जना, हेटौँडा ११ का २ जना, हेटौँडा १२ का २ जना, हेटौँडा १३ को १ जना, हेटौँडा १४ को १ जना हेटौँडा १७ को १ जना, हेटौँडा १९ को २ जना र हेटौँडा वडा खुल्न नसकेको ५ जना रहेका छन् ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*