मकवानपुरमा आज ४४ जनालाई कोरोना संक्रमण

बाइलाइन नेपाल
२२ बैशाख २०७८, बुधबार १५:५१

हेटौंडा । मकवानपुर जिल्लामा आज थप ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संकलन गरिएको ९१ जनाको स्वाब परीक्षण गर्दा ४४ जनामा कोरोना पुष्टि भएको उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिए ।

संक्रमित अधिकांश हेटौंडा उपमहानगरपालिका क्षेत्रका रहेका छन् । यस्तै मकवानपुरको भीमफेदी, राक्सीराङ र बकैयाँ गाउँपालिका क्षेत्रका पनि संक्रमित रहेको जनस्वास्थ्य निरीक्षक चौलागाईंले बताए । जसमा सबैभन्दा धेरै हेटौंडा– ४ मा १०, ५ मा ६ जना संक्रमित फेला परेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*