आज बिहानै हेटौंडा अस्पतालमा कोरोना संक्रमितको मृत्यु

बाइलाइन नेपाल
२२ बैशाख २०७८, बुधबार १०:०५
फाइल फोटो

हेटौंडा । बुधबार बिहान अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमण भएपछि उपचार गराईरहेका मकवानपुरगढी –५ बस्ने ६८ वर्षीय एक पुरुष रहेको हेटौंडा अस्पतालका कोभिड इन्चार्ज डाक्टर सागर काफ्लले बताएका छन् ।

यो सँगै हेटौंडा अस्पतालमा संक्रमित ६ जनाको मृत्यु भएको छ। यसअघि, हेटौंडाका ५५ बर्षीय पुरुष र बारा अमलेखगन्जका ४६ बर्षीय एक पुरुष र महोत्तरी जलेश्वर घर भएकी ५० बर्षीय महिला र हेटौंडा–६ की ४१ बर्षीय एक महिला र बारा अमलेखगन्जका ५९ बर्षीय पुरुष को उपचारको क्रममा मृत्यु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*