कोरोना संक्रमणका कारण हेटौंडामा एक महिलाको मृत्यु

बाइलाइन नेपाल
२१ बैशाख २०७८, मंगलवार १०:३६

हेटौंडा । कोरोना संक्रमणको कारण हेटौंडा अस्पतालमा उपचाररत एक जना महिलाको मृत्यु भएको छ । हेटौंडा अस्पतालको इमर्जेन्सी वार्डमा उपचाररत एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–६ बस्ने ४१ वर्षकी महिला रहेको हेटौंडा अस्पतालले जनाएको छ । स्वास्थ्यमा समस्या देखिएपछि सोमबार साँझ ५ बजे मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना भएकी उनको मंगलबार विहान ४ बजेको समयमा मृत्यु हेटौंडा अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. प्रविण श्रेष्ठले जानकारी दिए ।

कोरोना संक्रमणको लक्षण देखिएपछि मृतक महिलाले सोमबार बिहान पिसिआर परिक्षणका लागि हेटौंडा अस्पतालको ल्याबमा स्वाब दिएर घर गएको र पछि स्वास प्रश्वासमा समस्या पछि उपचारका लागि अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना भएकी थिइन् ।

उनको मृत्यु पश्चात पिसिआर रिपोर्टमा कोरोना पोजेटिभ देखिएको डा. श्रेष्ठले बताए । यो संगै कोरोना संक्रमणका कारण हेटौंडा अस्पतालमा ४ जनाको मृत्यु भइसकेको छ ।

यस अघि आइतबार राति हेटौंडा उपमहानगरपालिका १ निवासी ५५ वर्षिया कोरोना संक्रमित पुरुषको मृत्यु भएका थियो भने सोमबार बिहान बाराका एक पुरुष र महोत्तरीको महिलाको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भइसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*