हेटौंडा अस्पतालमा अर्का एक कोरोना संक्रमितको मृत्यु

बाइलाइन नेपाल
२० बैशाख २०७८, सोमबार ११:३६

हेटौंडा । हेटौंडा अस्पतालमा आजै अर्का एक कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालको कोभिड १९ उपचार कक्षको भेन्टिलेटरमा राखेर उपचारत महोत्तरी जलेश्वर घर भएकी ५० बर्षीय महिलाको मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डाक्टर सागर काफ्लेले जानकारी दिए ।

आज  बिहान बारा अमलेखगन्ज निवासी ४६ बर्षिय संक्रमित पुरुषको  पनि मृत्यु भएको थियो । बाराका संक्रमितलाई आइतवार बेलुका १२ बजे हेटौंडा अस्पताल उपचारको लागि ल्याइएको थियो । स्वास प्रश्वासमा समस्या आएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उनको उपचारको क्रममा सोमवार बिहान ८ बजे मृत्यु भएको हो ।

यस्तै हेटौंडाका ५५ वर्षीय पुरुषलाई स्वास्थ्यमा समस्या देखिएपछि एन्टीजेन विधिबाट रगत परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । कोरोना पुष्टि भएसंगै ती पुरुषलाई हेटौंडा अस्पतालको कोभिड कक्षमा राखेर उपचार सुरु गरिएको थियो । उनको उपचारकै क्रममा गएराति ९ बजेर १७ मिनेटमा मृत्यु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*