एमाले बैठकमा सहभागी हुन वामदेव गौतम बालुवाटारमा

बाइलाइन नेपाल
७ चैत्र २०७७, शनिबार १२:०७

एमाले नेता वामदेव गौतम पार्टीको बैठकमा सहभागी हुन बालुवाटार पुगेका छन् । उनी केही बेरअघि बालुवाटार प्रवेश गरेका हुन् ।

शनिबार पार्टी संसदीय दल तथा केन्द्रीय कमिटी बैठक बोलाइएको छ भने सोही बैठकमा गौतम सहभागी हुने एमाले राष्ट्रिय सभा संसदीय दलका प्रमुख सचेतक खिमलाल देवकोटाले जानकारी दिए ।
पार्टीभित्र विवाद मिलाउन भन्दै गौतमले छुट्टै अभियान सञ्चालन गर्दै आएको सन्दर्भमा गौतम बालुवाटार पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

शुक्रबार पनि गौतमले सबैलाई बैठकमा उपस्थित हुन आग्रह गरेका थिए । पार्टीका माधव नेपाल पक्षले भने बैठकमा उपस्थिति नहुने निर्णय गरिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*