भोलिको केन्द्रीय कमिटी बैठकमा सबै उपस्थित हुनुपर्छ : गौतम

बाइलाइन नेपाल
६ चैत्र २०७७, शुक्रबार १३:५१

काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले नेकपा एमालेको भोलिको केन्द्रीय कमिटी बैठकमा सबै उपस्थित हुनुपर्ने बताएका छन् ।

भोलिका लागि प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाएका छन् ।

आज ललितपुरमा आयोजित अखिल नेपाल किसान महासंघको भेलालाई सम्बोधन गर्दै नेता गौतमले अध्यक्ष ओलीविरुद्ध संघर्ष गरिरहेका वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसहिताका नेताहरु पनि भोलिको बैठकमा उपस्थित हुनुपर्ने बताए ।

उनले भने, ‘अब केन्द्रीय कमिटी बैठकबाटै लडाइँ गर्नुपर्छ । बैठकमा सबै सहभागी भएर खबरदारी गर्ने बेला यही हो ।’

उपाध्यक्ष गौतमले प्रधानमन्त्री ओली र वरिष्ठ नेताहरु नेपाल र खनाल दुवै दोषी रहेको बताउँदै सामूहिक रुपमा बैठकबाटै समस्या हल गर्नुपर्ने बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*