केपी ओलीको नयाँ हिटलरी शैली रोक्न सबै दल एकजुट हुनुपर्ने बेला आयोः नेता महर

बाइलाइन नेपाल
२९ फाल्गुन २०७७, शनिबार १५:३५

नेपाली कांग्रेसका नेता एवम् नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरले प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला गैर संवैधानिक र जनभावना विपरितका हर्कत सहितका रोक्नका लागि सबै दल गम्भीर बन्नुपर्ने बेला आएको बताएका छन् ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति नवलपुर पूर्वको आयोजनामा कावासोतीमा आज सम्पन्न प्रशिक्षण कार्यक्रममा बोल्दै नेता महरले ओलीका पछिल्ला जनविरोधी र प्रजातान्त्रिक मूल्यमान्यता विरुद्धका गतिविधि नरोके व्यवस्थामाथि नै चुनौती थपिन सक्ने भन्दै चिन्ता प्रकट गरे ।

‘जनताको संघर्षबाट केपी राजको अन्त्य गर्न जरुरी छ । होइन भने जनताको ठूलो त्याग र संघर्षबाट प्राप्त प्रजातान्त्रिक व्यवस्थामाथि नै खतरा उत्पन्न हुनेवाला छ, नेता महरले सम्बोधनका क्रममा भने, तत्कालिन माओवादी केन्द्रसँगको स्वार्थ प्रेरित एकता र तत्कालिन मधेसवादी दलको समर्थन पाएपछि केपी ओलीले सर्वसत्तावादी चरित्र देखाउन थाले र यहाँसम्म आइपुग्दा अराजकताको हद पार गरिसकेका छन् ।’

काण्डै काण्डहरुको जगमा संसद समेत विगठन सम्मको महा काण्ड घटाउन अग्रसर ओली नेतृत्वको सरकारको बिरुद्धमा आन्दोलित हुनु पर्ने बेला आएको उनले बताए। ‘केपी ओलीको नयाँ हिटलरी शैली रोक्नका लागि कांग्रेसले आफ्नो अग्रसरतामा सबै दललाई साथमा लिएर गम्भीर समीक्षाका साथ वर्तमान परिवर्तनको खिलाफमा हुन थालेका सवै षड्यन्त्र लाई परास्त गर्नु पर्छ’, महरको भनाइ थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*