हेटौंडामा एक बृद्ध घरभित्रै मृत अबस्थामा फेला

बाइलाइन नेपाल
१८ फाल्गुन २०७७, मंगलवार १६:३३

हेटौंडा । हेटौंडामा एक बृद्ध घरभित्रै मृत अबस्थामा फेला परेका छन् । मृत अवस्थामा रहेका बृद्ध हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ बस्ने ८३ वर्षीय खडकबहादुर परियार भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनको शव कर्रा पुल नजिक रहेको प्लटिङमा ब्लकले बनेको खाली घरमा मृत अवस्थामा भेटिएको थियो। स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

शव पोष्टमार्टमको लागि हेटौंडा अस्पतालमा ल्याइएको र आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*