प्रतिनिधिसभा पुनःस्थापनको खुशियालीमा प्रचण्ड–नेपाल समूहले गर्यो हेटौंडामा दिपप्रज्वलन

बाइलाइन नेपाल
११ फाल्गुन २०७७, मंगलवार १९:१०

हेटौंडा। सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथिको फैसला सुनाउँदै संसद पुनःस्थापना गरेपछि खुशियालीमा हेटौंडाको मुख्यचोक बुद्धचोकमा दिप प्रज्वलन गरिएको छ।

नेकपा प्रचण्ड– नेपाल समुहले प्रतिनिधिसभा पुनःस्थापित भएको खुशीयालीमा दिप प्रज्वलन गरिएको हो। नेकपा मकवानपुर अध्यक्ष मुनु सिग्देल र सचिव प्रेम बहादुर पुलामीको नेतृत्वमा बुद्धचोकमा दिप प्रज्वलन गरिएको हो। उक्त कार्यक्रममा प्रचण्ड–नेपाल समूहका नेता कार्यकर्ताको सहभागिता रहेको थियो।

नेकपा मकवानपुर अध्यक्ष मुनु सिग्देलले नेपाली जनताको जित भएको बताएकी छिन् । जनताले ल्याएको लोकतन्त्र माथि नै धावा बोल्नेहरुलाई अदालतले जवाफ दिएको भन्दै सबै सत्यको जित भएको उल्लेख गरिन् । संविधानलाइृ च्यात्ने र कुल्चने प्रयास गर्ने शासकहरुलाई अदालतले नाङ्गेझार बनाएको र संविधानको रक्षा गरेको उल्लेख गरिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*