नेकपा विभाजनको असरः श्रीमान एउटा गुटमा श्रीमती अर्कोमा

बाइलाइन नेपाल
११ फाल्गुन २०७७, मंगलवार ०७:१७

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)विभाजनसँगै नेताहरुको पार्टी फेरबदल गर्ने क्रम जारी छ । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन घोषणा गरेपछि राजनीतिक रुपमा नेकपा दुई समूहमा विभाजित छ ।

एक पक्षको नेतृत्व प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले गरेका छन् भने अर्को पक्षको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका छन् । यद्यपी,नेकपा विभाजनले कानुनी मान्यता भने पाइसकेको छैन । विभाजित बनेपछि नेकपाका दुवै पक्षले नेता कार्यकर्ता आफ्नो पक्षमा पार्ने कसरत तिव्र पारेका छन् ।

यही क्रममा सिन्धुपाल्चोकमा मात्रै दुई जोडी नेता (श्रीमान–श्रीमती) छुट्टिएका छन् । सिन्धुपाल्चोकका नेकपा नेता तथा पूर्व सभासद राजकुमार श्रेष्ठ र देवी खड्का, दावा तामाङ तथा कुमारी तामाङ फरक–फरक पार्टीमा लागेका हुन् । कुमारीको कार्यक्षेत्र भने मकवानपुर रहेको छ । यसअघि प्रचण्ड पक्षमा लागेका श्रेष्ठ दुई दिनअघि मात्रै ओली पक्षमा खुलेको बुझिएको छ ।

श्रेष्ठ र देवी खड्का श्रीमान–श्रीमती हुन् । श्रेष्ठ पूर्व लडाकुका सिनियर कमाण्डर समेत भनेर चिन्छिन् । श्रेष्ठ पहिलो संविधानसभा निर्वाचनमा काँग्रेस नेता मोहन बस्नेतलई हराएर निर्वाचित भएका थिए । देवी खड्का भने प्रचण्ड माधव पक्षमै छिन् । यसरी श्रीमान श्रीमती नै फरक पार्टीमा लागेपछि यसको असर परिवारमा समेत देखिएको नेकपाका एक नेताको भनाई छ । ‘सिन्धुपाल्चोकमा मात्रै दुई जोडी फरक पार्टीमा लागेको पाइयो । देशभर यस्ता धेरै हुन सक्छन् । पार्टी विभाजनको असरले परिवारमा समेत किचलो बढ्ने देखियो’ ती नेताको भनाई छ ।

सिन्धुपाल्चोककै दावा तामाङ र कुमारी मोक्तान पनि क्रमशः ओली र प्रचण्ड पक्षको नेकपामा लागेका छन् । पहिला प्रचण्ड नजिक रहेका दावा ओलीले खेलकुद मन्त्री दिने भएपछि ओलीतर्फ लागेका हुन् । तर,कुमारीले भने प्रचण्ड पक्ष छोडेकी छैनन् । उनी वाग्मती प्रदेशकी प्रदेश सांसद हुन् ।

यसअघि पूर्व कानूनमन्त्री शेरबहादुर तामाङ र उनकी श्रीमती उषाकला राई पनि फरक–फरक समुहमा थिए । तामाङ प्रचण्ड र राई ओली समुहमा थिइन् । तर अहिले भने उनीहरु एकै कित्तामा पुगेका छन् । उषाकला प्रदेश १ की प्रदेशसभा सदस्य हुन् ।

पार्टी विभाजनताका सुरुमा ओली समूहमा लागेका तामाङ केही दिनपछि प्रचण्ड–माधव पक्षमा फर्किएका थिए । तर अहिले पुन उनी ओली समूहमै पुगेका हुन् । शेरबहादुर सिन्धुपाल्चोक २ बाट निर्वाचित संघीय सांसद तथा नेकपाको केन्द्रीय सदस्य हुन् । रातोपाटीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*