चण्डिका माविको ४२ औं वार्षिकोत्सव

बाइलाइन नेपाल
१० फाल्गुन २०७७, सोमबार २१:०९

मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ मा रहेको चण्डिका माध्यामिक विद्यालयको ४२ औं वार्षिक उत्सव मनाइएको छ । विस २०३५ सालमा स्थापना गरिएको विद्यालयको सोमबार एक कार्यक्रमका साथ विद्यालयको वार्षिकोत्सव मनाइएको हो ।

बागमती प्रदेश सभाका सदस्य प्रेम बहादुर पुलामीको प्रमुख अतिथ्यतामा वार्षिकोत्सव मनाइएको हो । वार्षिकोत्सवमा विद्यालयका विद्यार्थीहरुको नृत्य प्रतियोगिता, हाजिरीजवाफ प्रतियोगिता कार्यक्रम गरीएको थियो ।

प्रमुख अतिथि पुलामीले केक काटेर विद्यालयलाई शुभकामना दिएका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार गोलेको सभाध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष बखानसिं पाख्रिन, वडा सदस्य रामप्रसाद पुडासैनी, शीवप्रसाद न्यौपाने, कार्यपालिका सदस्य पातलीमाया गोले, महिला आवाज साकोसका अध्यक्ष तेज कुमारी अस्थानी, हेमकर्ण प्राविका प्रअ मोहन राज लामा, श्रमिक दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष हरिकुमार हुमागाई, वडा २ का स्वास्थ्य चौकीका प्रमुख विदुर लामिछाने, विद्यालयका प्रधानाध्यापक बालकृष्ण श्रेष्ठ लगायत पत्रकार, अभिभावक, विद्यार्थी र शिक्षकहरुको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*