प्रेस संगठन वाग्मतीको इन्चार्जमा एलन, संयोजकमा खड्का

बाइलाइन नेपाल
८ फाल्गुन २०७७, शनिबार १९:१५

हेटौंडा । नेकपा बहुमत (प्रचण्ड–नेपाल) समूह निकट पत्रकारहरुको संस्था प्रेस संगठन नेपाल वाग्मतीको जिम्मेवारीमा हेरफेर भएको छ । प्रेस संगठन केन्द्रीय समितिको बैठकले वाग्मती प्रदेशमा जिम्मेवारी हेरफेरको निर्णय गरेको हो ।

निर्णय अनुसार वाग्मती प्रदेशको इन्चार्जमा मकवानपुरका रामकुमार एलन , सहइन्चार्जäमा दोलखाका लक्ष्मण खड्का र चितवनका शालिग्राम नेपाल रहेका छन् । यस्तै संयोजकमा , संयोजकमा सुनिल खड्का, सहसंयोजकमा दोलखाका नविन खतिवडा र सचिव काभ्रेका ध्रुव रायमाझीलाई जिम्मोवरी दिइएको छ ।

यसअघि प्रेस संगठनको इज्चार्ज र संयोजक विश्वमणि सुवेदी र सहसंयोजकमा सुनिल खड्का रहेका थिए । अहिले इन्चार्जको जिम्मेवारी पाएका एलन प्रतिष्ठानतर्फको इन्चार्ज रहेका थिए । यसअघि नै नेकपा केपी ओली समूहले आफ्ना पक्षधरलाई छुट्टै जिम्मेवारी दिइसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*