मकवानपुरमा नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान गठन

बाइलाइन नेपाल
६ फाल्गुन २०७७, बिहीबार १९:२४

हेटौडा । नेपाली कांग्रेसको मकवानपुरमा बिहीबार नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान गठन गरिएको छ । नेपाली कांग्रेस मकवानपुरका उपसभापति विष्णुप्रसाद लामिछानेको संयोजकत्वमा ११ सदस्यीय प्रतिष्ठान गठन भएको हो ।

प्रतिष्ठानमा सहसंयोजक दोर्जे लामा स्याङ्तान, सचिव राजु गौतम, सदस्यहरु मिरा स्याङतान, जानकी लामा, निलम बजगाई देवकोटा, पोष्टराज अधिकारी कुमार, सुजन विडारी, विनोदकुमार चौलागाईं, मोहनप्रसाद ढकाल र मालती बिश्वकर्मा चयन भएका छन् ।

नेपाली कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ७७ जिल्लामै उपसभापतिको संयोजकत्वमा प्रशिक्षण प्रतिष्ठान गठन गर्ने निर्णय बमोजिम मकवानपुरमा विहिवार जिल्ला समिति गठन गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*