मकवानपुरमा निर्वाचन तयारीः २ लाख ७२ हजार ४ सय ७८ जना मतदाता

बाइलाइन नेपाल
६ फाल्गुन २०७७, बिहीबार १९:१८

हेटौंडा । सरकारले २०७८ बैशाखमा घोषणा गरेको निर्वाचनको मकवानपुरमा तयारी तीब्र बनाइएको छ । निर्वाचनको तयारी तथा सुरक्षा व्यवस्थाका बारेमा छलफलसँगै तयारी थालिएको हो ।
जिल्ला निर्वाचन कार्यालय मकवानपुरको आयोजनामा निर्वाचन आचारसंहिता २०७७ मस्यौदामा भएका व्यवस्था सम्बन्धमा सरोकारवालाहरुसंगको अन्तरक्रिया कार्यक्रममा यसका बारेमा जानकारी दिइएको छ ।

जिल्लामा एक सय ६५ मतदान स्थलबाट ३ सय ३८ मतदान केन्द्रमा मतदान गर्ने व्यवस्था मिलाइएको जिल्ला निर्वाचन कार्यालय मकवानपुरका प्रमुख गोविन्दप्रसाद पौडेलले बताए । आचार संहिताका विषयमा जिल्ला राजनीतिक दल, मकवानपुरका सुरक्षा निकायका प्रमुखहरु, पत्रकार लगायतकाको सहभागितामा अन्तरक्रिया भएको हो ।

कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले निर्वाचन आचार संहिता सबैले पालना गर्नुपर्ने बताए । निर्वाचनका लागि सुरक्षा रणनीति तयार रहेको उनले जानकारी दिए । बैशाखमा हुने प्रतिनिधिसभाको निर्वाचन स्वच्छ र धादली रहित बनाउनका लागि आफुहरु तयार रहेको रिजालले उल्लेख गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*