हेटौंडामा दर्के पानी र असिना पर्यो

बाइलाइन नेपाल
६ फाल्गुन २०७७, बिहीबार १४:०७

हेटौंडा । हेटौंडामा लामो समयपछि पानी परेको छ । करिब ७ महिना पछि आज हेटौंडासहित मकवानपुरमा दर्के पानी र असिना परेको हो । दिउँसो पौने २ बजेबाट हेटौंडामा पानी परेपछि चिसो पनि बढेको छ ।

लामो समयमा पानी परेपछि मकवानपुरका किसान हर्षित भएका छन् । पानी नपर्दा बारी जोत्न नपाएका किसान अब खेती लगाउनका लागि सहज हुने बताउँछन् । पानीसँगै असिना परेपछि जनजीवन समेत प्रभावित भएको छ । अघिल्ला वर्ष जाडो महिना पुस माघमा पानी पर्ने गरेपनि यसवर्ष परेको थिएन् । फागुनमा भएपनि पानी परेपछि किसानलाई भने राहात पुगेको छ ।

हेटौंडासहित मकवानपुरमा अहिले पनी दर्के पानी र असिना परिरहेको छ । पानीले ग्रामिण भेग जाने कच्ची सडकहरुमा समस्या पारेको स्थानीयले बताएका छन् । मकवानपुरका उत्तरी क्षेत्रमा भने केही दिन अघि पानी परेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*