अब प्रचण्डको सुरक्षामा पूर्व जनमुक्ति सेना, हेटौंडाका प्रलोकको कमाण्डमा दस्ता

बाइलाइन नेपाल
६ फाल्गुन २०७७, बिहीबार १०:५०
फाइल तस्वीर

हेटौंडा । सरकारले सुरक्षाकर्मी कटौती गरेपछि पूर्व प्रधानमन्त्री तथा नेकपाक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा पूर्वजनमुक्ति सेनाको कमाण्ड खटिएको छ । सरकार पूर्व प्रधानमन्त्रीसहित उच्च विभिन्न क्षेत्रका व्यक्तिको सुरक्षा कटौती गरेपछि प्रचण्डले आफ्नो विशेष सुरक्षाका लागि पूर्व जनमुक्ति सेनालाई ल्याएका हुन् ।

प्रचण्डको सुरक्षाका लागि नेकपा मकवानपुरका नेता तथा पूर्व जनमुक्ति सेनाका प्रकाशचन्द्र पाण्डे प्रलोकको नेतृत्वमा कमाण्ड निर्माण गरिएको स्रोतले जनाएको छ । हेटौंडाका स्थायी बासिन्दा प्रलोक सशस्त्र द्वन्द्वकालमा उनी बटालियन कमान्डर रहेका थिए । प्रलोकको कमाण्डमा २४ जनाभन्दा बढी पूर्व जनमुक्ति सेना प्रचण्डको सुरक्षामा खटिएको जनाइएको छ । प्रलोक स्वेच्छिक अवकाश रोजेका पूर्वलडाकु हुन् । यसरी खटिएका पूर्वलडाकुको ‘ड्रेस कोड’ पनि तोक्ने तयारी रहेको स्रोतले जनाएको छ ।

करिब दुई महिनादेखि नै पूर्वजनमुक्ति सेनाको कमाण्डमा सुरक्षा दिईदै आएको जनाइएको छ । प्रलोकको कमाण्डमा रहेको टोलीले प्रचण्डको आवासदेखि कार्यक्रम स्थलसम्म आवश्यकता अनुसार सुरक्षा प्रदान गर्ने स्रोतले जनाएको छ । यसअघि काडठमाडौंलगायत देशका विभिन्न स्थानमा भएको सभामा प्रचण्ड सरिक हुँदा पूर्व जनमुक्ति सेनाको टोलीले सुरक्षा दिइसकेको उल्लेख छ ।

प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि त्यसविरुद्ध दैनिक आन्दोलन र सभामा जानुपर्ने र सरकार समेत सुरक्षा कटौती गरेपछि पूर्व जनमुक्ति सेनालाई सुरक्षाका लागि खटाइएको स्रोतको दाबी छ । सुरक्षाको कमाण्डमा खटिएका प्रलोक तत्कालिन माओवादीको जिल्ला सहसचिव, नेकपा मकवानपुरको सचिवालय सदस्य र विशेष प्रदेशको सदस्य समेत रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*