रोहनी हाउजिङ एण्ड स्वस्तिकले निर्माण गरेको सामुदायिक भवन हस्तान्तरण

बाइलाइन नेपाल
५ फाल्गुन २०७७, बुधबार २१:०९

हेटौंडा । हेटौंडा–६ चौघडामा निर्माण गरिएको सामुदायिक भवन हेटौंडा उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको छ । रोहनी हाउजिङ एण्ड स्वस्तिक डेभलपर्सले निर्माण गरेको सामुदायिक भवन बुधबार हेटौंडा उपमहानगर प्रमुख हरिबहादुर महतलाई हस्तान्तरण गरिएको हो ।

डेभलसर्प संचालक समितिका अध्यक्ष धु्रव घिमिरेले उपमहानगर प्रमुख महतलाई सामुदायिक भवनको साँचो हस्तान्तरण गरेका थियो । बुधबार एक कार्यक्रमको आयोजना गर्दै मेयर महतले सामुदायिक भवन र खुला स्थानमा निर्माण गरिएको ओपन जिम, बाल उद्यान उद्घाटन गरेका थिए ।

डेभलपर्सका अध्यक्ष घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा उपमहानगर प्रमुख महतको प्रमुख आतिथ्यता रहेको थियो । कार्यत्रममा वडा नम्बर ६ का वडाध्यक्ष अर्जुन चौलागाईं, मकवानपुर उद्योग वणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल लगायतको आथित्यता रहेको कार्यक्रममा डेभलपर्स संचालक समिति सदस्य शम्भु पुडासैनीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा मन्तव्य व्यक्त गर्दै वडाध्यक्ष चौलागाईंले उपमहानगरको विकासमा एउटा ईंटा थपिएको बताए । उनले व्यवस्थित बसोबासका लागि नयाँ योजनाका साथ काम गरेको भन्दै प्रशंसा गरे ।

कार्यक्रममा मेयर महतले आगामी दिनमा बजार क्षेत्रको व्यवस्थित विकास र दीर्घकालिन प्लटिङ्का लागि यस्ता काम भएमा आफु सहयोग गर्न तयार रहेको बताए । उनले उत्पादन क्षेत्रलाई जोगाउँदै बसोबास र विकासका पूर्वाधारलाई व्यवस्थित गर्दै काम गर्न आग्रह गरे ।

कार्यक्रममा सामुदायिक भवन निर्माणमा सहयोग गर्ने स्थानीय नन्द ढकाल, यो·प्रसाद न्यौपाने, चक्रबहादुर राई, भरत दुलाल, दुर्गा प्रसाद लामिछाने र तारानाथ लामिछानेलाई नगद ५ हजारसहित सम्मान गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*