वार्षिकोत्सवको अवसरमा माविस्तरीय वक्तृत्वकला

बाइलाइन नेपाल
५ फाल्गुन २०७७, बुधबार २०:३८

विन्दवासिनी मिडिया प्रालिद्वारा सञ्चालित रेडियो थाहा सन्चार ९९ दशमलव ६ एफ.एम हेटौंडाको वार्षिकोत्सवको आज पाँचौ दिन सवारी दुर्घटना न्यूनिकरण, कानूनी व्यवस्था र नागरिकको दायित्व विषयक माविस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

रेडियोको तेह्रौं वार्षिकोत्सवका अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमको पाँचौं दिन आज उक्त वक्तृत्वकला प्रतियोगिता भएको हो ।

१४ वटा विद्यालयले सहभागिता जनाएको प्रतियोगीतामा सिद्वार्थ माविका सर्वज्ञरत्न खतिवडा प्रथम, निर्मल माविकी सपना बर्तौला दित्तिय र हेटौंडा एकेडेमीकी श्रमिका कँडेल तृतीय भएका छन् ।

प्रतियोगीतामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश नगद ५ हजार, ३ हजार र २ हजार रुपैयाँसहित पुरस्कृत गरिएको थियो ।

कार्यक्रम रेडियोको स्टेशन म्यानेजर मणिराज गौतमको अध्यक्षता तथा नारायणी यातायात कम्पनी प्रालीका अध्यक्ष हिरालाल श्रेष्ठको प्रमुख आतिथ्यता भएको हो ।

प्रतियोगीतामा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी सहायक निरीक्षक दयाराम गौतम, नारायणी संघ हेटौंडाको महासचिव सरोज खनाल, प्रुडेन्सियल हेटौंडाका अर्जुन सुवेदीले निर्णयक भुमिका निर्वाह गरेका थिए ।

प्रतियोगीतामा मकवानपुर बालविद्या सदन, बालजागृती मावि, सिद्वार्थ मावि, अमर मावि, भुटनदेवी मावि, बुद्व मावि, हेटौंडा एकेडेमी, श्री त्रिभुवन नमुना मावि, निर्मल मावि बस्तिपुर, प्रगति मावि, नवोदय मावि, जनज्योती मावि, चन्द्रोदय मावि र तुलसीमेहर मेमोरियल एकेडेमीले सहभागीता जनाएका थिए ।

सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन फागुन १ गते साइकलर्‍याली तथा मकवानपुरगढी गाउँपालिकाको बालमैत्री अभियानबारे अन्तरक्रिया, दोस्रो दिन फागुन २ गते सामुदायिक थाहा विकास भवन हस्तान्तरण र रुपचन्द्र विष्ट र थाहा आन्दोलनको मर्म विषयक अन्तरक्रिया, तेस्रो दिन फागुन ३ गते रक्तदान, चौथो दिन हिजो मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ४ मसिनेमा व्यवसायिक माछापालन प्रबद्घ्र्रनमा मनहरी गाउँपालिकाको भूमिका विषयक अन्तरक्रिया गरिएको छ ।

भोलि फागुन ६ गते हेटौंडा भेट्रान्स र सञ्चारकर्मीबीच मैत्रीपूणर् फुटबल आयोजना हुनेछ भने फागुन ७ गते बार्षिकोत्सव समापन समारोहमा थाहा वर्षसम्मान प्रदान गरिने स्टेशन म्यानेजर गौतमले जानकारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*